रुपन्देही । आफ्नै श्रीमती २५ वर्षीया बिमला परियार चौधरीको हत्या गरेको अभियोगमा शुद्धोधन गाउँपालिका-५ कुमारी बस्ने ३४ वर्षीय रामनारायण थारुलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
घरायसी बिबादका कारण थारुले मादक प्रदार्थ सेवन गरी बिमलालाई खाना पकाउने प्रेसर कुकरले टाउकोमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रुपन्देही र ईलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले थारुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।