हिपमत डटकम

बिहिबार, बैशाख ३०, २०७८ || 466  पटक पढिएको

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालसँगको चार घण्टा लामो भेटवार्ता सकेर बालुवाटार फर्किएका प्रधानमन्त्री ओलीसँग सत्ता सहकार्यको लागि छलफल गर्न ठाकुर र महतो त्यहाँ पुगेका हुन्।

सत्ता समिकरणमा ठाकुर पक्ष निर्णायक बनेको छ। नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले वैकिल्पक सरकार गठनको लागि प्रयास गर्दापनि ठाकुर पक्षको असहमतिका कारण जसपाले कुनै निर्णय दिन सकेको थिएन । फलस्वरुप कांग्रेसले सरकार बनाउने दाबी नगर्ने निर्णय गरेको छ।

अब राष्ट्रपतिले संविधानको धारा ७६ को ३ अनुसार संसद्को सबैभन्दा ठूलो दलको नेताको हिसाबले ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्त गर्नेछिन् । प्रधानमन्त्रीले अब एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । अल्पमतको सरकारमा सहभागी हुनको लागि ओलीले ठाकुर महतो पक्षलाई आग्रह गरेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!