हिपमत डटकम

बिहिबार, बैशाख ३०, २०७८ || 368  पटक पढिएको

मकवानपुर ।  भिमफेदी गाउँपालिका-७ स्थित भालेडाँडा सामुदायिक जंगलबाट १ थान एक नाले भरुवा बन्दुक बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

सोही गाउँपालिका कोगटे बस्ने २८ वर्षीय गगन बहादुर सिंजाली मंगलबार दिउँसो जंगलमा बाख्रा चराउन गएकोमा अचानक लडी घाइते भएको भन्दै उपचारको लागि सन्चो अस्पताल हेटौंडा ल्याएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको सोधपुछ गर्नेक्रममा आफैले बोकेको बन्दुक पड्किएर घाइते भएको खुल्न आएको थियो ।

ईलाका प्रहरी कार्यालय भिमफेदीबाट खटिएको प्रहरीले घटनास्थलबाट उक्त बन्दुक फेला पारी बरामद गरेको हो । घाइतेको प्रहरीको निगरानीमा उपचार भईरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!