हिपमत डटकम

मंगलबार, बैशाख २८, २०७८ || 625  पटक पढिएको

बिराटनगर । आज आमाको मुख हेर्ने दिनको अवसरमा सुनवर्षि नगरपालिकाका उपमेयर मन्जु राईले साडि,मिटाई तथा माक्स बितरण गर्नु भएको छ ।

आफ्नो आमाको सम्झनामा हरेक बर्ष राईले यस्तो सामाजिक कार्य गर्दै आईरहनु भएको छ । यो बर्ष पनि सुनवर्षि नगरपालिकाका बिभिन्न वडाका २५ जना एकल महिला तथा बृद्ध आमाहरुलाई साडि,मिटाई तथा माक्स बितरण गर्नु भएको हो । कोरोना भाईरसलाई नजर गर्दै सामाजिक दुरि कायम सँगै घरघरमा नै पुगेर उपमेयर राईले मायाको कोशेलि बितरण गर्नु भएको छ।

उपमेयर राईले सुनवर्षि नगरपालिकाका सम्पुर्ण आमाहरु मेरो आमा हुनुहुन्छ, मेरो आमा बुवा यहि नगरपालिकाका जेष्ठ नागरिकहरु हुनुहुन्छ उहाँहरुलाई सदैब माया र सम्मान गर्ने छु । उनले भनिन, मायाको कोशेलि बितरण गर्दै भाबुक समेत हुनु भयो ।

मायाको कोशेलि बितरण कार्यक्रममा हिपमत मिडिया हाउसका अध्यक्ष बीरेन्द्रकुमार साहको समेत उपस्थिति रहेको थियो । उपमेयर राईले जुन काम गर्नु भयो आज त्यो नगरपालिकाका सम्पुर्ण जनप्रतिनिधिले सिक्नु पर्ने साहले भने । यसरि जेष्ठ नागरिकहरुको सम्मान गर्नु पर्दछ ।उहाँहरुलाई उहाँहरुको छोराछोरि जस्तै माया र स्नेह दिनु पर्दछ साहले अनुरोध समेत गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!