हिपमत डटकम

आइतबार, बैशाख २६, २०७८ || 635  पटक पढिएको

सुनसरी धरान १५ पुर्वेली पथबाट धारिलो हतियारले प्रहार गरी गम्भीर घाईते बनाई नगद र गरगहना लुट्ने समुह पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ पथरी-३ घर भई हाल धरान १५ सुनगाभा मार्गमा बस्ने ३८ बर्षीय सन्तोष भन्ने वीरवहादुर परियार, पथरी शनिश्चरे ५ पिपलडाँडा घर भई हाल धरान १० पुतली लाईन बस्ने ३५ बर्षीय सोनी राई र धरान १३ अमरहाट बस्ने २९ बर्षीया लक्ष्मी लिम्बु रहेका छन् ।

यही बैशाख ११ गते बिहान सँवा ९ बजे सोही स्थानका झरना बिश्वकर्मा र उनको छोरा जोहन बिश्वकर्मा पुजा गर्न घर बाहिर गएको अवस्थामा अपरिचित मानिस प्रवेश गरी झरना कि आमा गोबिन्द माँया विश्वकर्मालाई टाउको लगायत शरिरका बिभिन्न भागमा धारिलो हतियारले प्रहार गरी गम्भीर घाईते बनाई नगद रु. २ लाख र घरमा रहेका सुनका गरगहना गरी जम्मा रु. ११ लाख ४० हजार ९५० बराबरको धनमाल डाँका गरी लगेका थिए । सो घटनामा घाईते भएकी गोबिन्द मायाको न्यूरो अस्पताल विराटनगरमा पठाईएकोमा उपचारको क्रममा बैशाख १९ गते मृत्यु भएको थियो ।

उक्त घटनामा सम्लग्न प्रतिबादीहरुको खोजतलासका लागी पिडित परिवारको जाहेरी तथा स्थानीय मानिसको सुचनाको आधारमा सुक्ष्म रुपले अनुसन्धान प्रकृया अगाडी बढाईएको थियो । उक्त घटनाको गहन अनुसन्धान थालेको १ नम्बर प्रदेश प्रहरी कार्यालय अनुसन्धान समुह, जिल्ला प्रहरी कार्यालय सुनसरी तथा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उल्लेख गरिएका सामान सहित घटनामा संलग्न उनिहरुलाई नियन्त्रणमा लिन सफल भएको हो ।

पक्राउ परेका उनिहरुले लुटेर लगेको गहनाहरु सोनी राईले बहिनी नाता पर्ने लक्ष्मी लिम्बुलाई लुकाई छिपाई राख्न दिएको भनि खुल्न आए पश्चात लक्ष्मीको कोठा खानतलाशी गर्दा लुकाई छिपाई राखेको अवस्थामा सुनका गहनाहरु समेत फेला पारी बरामद गरिएको हो । पक्राउ परेका उपर कर्तव्य ज्यान र डाँका मुद्धामा ईलाका प्रहरी कार्यालय धरानबाट कारवाही प्रकृया अगाडी बढाईएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!