जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर र शीर्ष नेता राजेन्द्र महतोले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । सभापति देउवाको निवासमा भएको भेटवार्तामा ठाकुरले आफूहरु प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कुरामा आफूहरु तटस्थ बस्ने ठाकुर र महतोले जवाफ दिएको बुझिएको छ । प्रधानमन्त्री ओलीले भोलि विश्वासको मत लिँदैछन् ।

कांग्रेस, माओवादी केन्द्र, जसपाका उपेन्द्र यादव पक्षले प्रधानमन्त्री ओलीलाई जसरी पनि असफल बनाउने बताईसकेको छ । उनीहरुलाई एमालेको असन्तुष्ट पक्ष माधव नेपाल समूहले साथ दिने पनि प्रतिबद्धता जनाईसकेको छ । पार्टीभित्रको आन्तरिक विवादका कारण एमालेको विभाजन अवश्यम्भावी छ । माधव नेपाल पक्षधर सांसदहरुले आजै सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।

त्यसको लागि उनीहरुले हिजै हस्ताक्षरसमेत संकलन गरेको बताईएको छ । आज बस्ने स्थायी कमिटी बैठकपछि एउटा निश्कर्षमा पुग्ने नेता युवराज ज्ञवालीले जनाएका छन् । पार्टी एकता बचाउनको लागि आफूहरुले हदैसम्मको लचकता अपनाएको तर सहमतिमा आउन अध्यक्ष ओलीले नचाहेको माधव नेपाल पक्षधरको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!