हिपमत डटकम

शुक्रबार, बैशाख २४, २०७८ || 412  पटक पढिएको

सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख गङ्गाप्रसाद यादवले पदभार ग्रहण गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयका उपसचिव पुष्कर खड्काका अनुसार प्रदेशप्रमुख यादवले शुक्रबार दिउँसो कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै उनले नेपालको प्रचलित कानून र संविधानको मर्म र भावनाबमोजिम काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनी बिहीबार राति गृह जिल्ला सप्तरीबाट धनगढी आइ पुगेका थिए । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २० गते तत्कालीन प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तलाई हटाएर यादवलाई प्रदेश प्रमुखमा नियुक्त गरेका थिए।-रासस

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!