हिपमत डटकम

शुक्रबार, बैशाख २४, २०७८ || 403  पटक पढिएको

नेकपा एमालेको विभाजन रोक्न अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली लचिलो देखिएका छन् । उनले सहमतिका लागि आफूपक्षीय केही नेताहरुलाई सक्रिय बनाएका छन् । माधव नेपाल समूहका प्रभावशाली नेताहरुलाई बालुवाटार डाकेर ओलीले सहमतिको बटमलाइन तय गर्न छलफल समेत गरेका छन् ।

सहमति बनाउन सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराई र घनश्याम भुसाल बालुवाटारमा बसेर ओली समूहका नेताहरुसँग छलफलमा छन् । ओली समूहका विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ र विष्णु रिमालसँग बसेर सहमतिको सुत्र बनाउन व्यस्त रहेको बुझिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय भएसँगै एमालेभित्र एकताको सूत्र तयार गर्ने पहल बढेको हो । सम्भवत भण्डारीकै उपस्थितिमा ओली र नेपालबीच भेटवार्ताको सम्भावना रहेको छ । त्यो भेटबाट दुवै नेताबीच सहमति निकाल्ने प्रयास हुने बुझिएको छ ।

२७ वैशाखमा विश्वासको मत लिनुपर्ने दबाब बढ्दै जाँदा ओलीले नेपालसँग सहमति बनाउन खोजेका हुन् । यसका लागि २ जेठ २०७५ मा फर्कनुपर्ने नेपालको बटमलाइनलाई केही संशोधन गरी ओली सहमति निकाल्ने पक्षमा देखिएको बुझिएको छ । त्यही सूत्र तयार गरेर सहमति निकाल्न नेताहरु लागेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!