हिपमत डटकम

बिहिबार, बैशाख २३, २०७८ || 621  पटक पढिएको

धनगढी । कैलालीमा अक्सिजन सिलिण्डर बोकेको ट्रक दुर्घटनामा परेको छ।

बिहिबार नेपालजञ्जबाट महेन्द्रनगर जाँदै गरेको म१ख ३०४ नम्बरको ट्रक घोडाघोडी नगरपालिका–५ को डोकेबजारमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक भरत चौधरीले बताए।

ट्रक दुर्घटनामा परी ४ जना सामान्य घाइते भएका छन्। पछाडीको टायर पड्किदा ट्रकको आफै अनियन्त्रित हुन गएको बताइएको छ। ट्रक बर्दयाका २८ वर्षीय चालक कर्णबहादुर थापाले चलाएको प्रहरीले जनाएको छ।

उक्त ट्रकमा नेपालजञ्जबाट महेन्द्रनगरको महाकाली अस्पतालको लागि अक्सिजन ग्यासका सिलिण्डर ल्याइँदै थिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!