राम प्रेम यादब

आइतबार, बैशाख १९, २०७८ || 663  पटक पढिएको
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले शनिबार राति १२ बजेदेखि जारी गरिएको निषेधाज्ञाको पहिलो दिन विराटनगर बजार पूर्णरुपले बन्द रहेको छ ।
कोरोना संक्रमणको दोस्रो लहर तिव्र रुपमा बढि रहेकोले एक सप्ताहको लागि विराटनगर महानगरपालिका सहित आसपासको क्षेत्रमा समेत एक सप्ताहको लागि निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञा पालना गराउन विराटनगरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । विराटनगर प्रवेश गरिने प्रमुख नाका र भित्री सडकहरुमा चेकजाँचका लागि प्रहरीहरु खटिएका छन् । निषेधाज्ञाको पहिलो दिन आइतवार विराटनगरका सडकमा चहलपहल निकै कम देखिएको छ ।
सडक क्षेत्रका पसलहरू पूर्णरुपमा बन्द रहेको छ । चोकचोकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरी परिचालन गरिएको छ भने आवत जावत गर्नेहरुको परिचयपत्र जाँचमा समेत कडाइ गरेको छ । अत्च्यावश्यक काम बाहेक बजारमा हिंडडुल गर्न समेत रोक लागइएको छ ।
एम्बुलेन्स, बिरामी बोकेको गाडी, शव वाहन र सरकारी नम्बर प्लेटका गाडी बाहेक अन्य सवारी सञ्चालन तथा गुद्री बजार, सब्जीमण्डी, होटल, रेष्टुराँ, सैलुन, ई–रिक्सा समेत सञ्चालनमा रोक लगाइएको छ । औषधी, खाद्यवस्तु, दुध, खाना पकाउने ग्यास, पानी, तरकारी सहितका अत्यावश्यक वस्तु तथा निर्माण सामग्रीका पसलहरु विहान १० बजेसम्मको लागि खुल्ला गरिएको छ । कोरोना संक्रमणको जोखिम रहेको मोरङको विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ मा निषेधाज्ञा आदेश जारी गरिएको हो । मोरङमा शनिबारसम्म कोरोना सक्रिय संक्रमितको संख्या १७ सय ८३ रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!