हिपमत डटकम

आइतबार, बैशाख १९, २०७८ || 877  पटक पढिएको

सडक विभागले निषेधाज्ञाको मौका पारेर सडक संकेच चिन्ह कोर्ने काम (रोड मार्किङ) गर्न बाँकी स्थानहरुमा काम थालेको छ । सडकमा आवागमन कम भएकाले विभागले मार्किङ थालेको हो ।

काठमाडौं सडक डिभिजन कार्यालयका प्रमुख कुवेर नेपाली यस्तो कामका लागि धेरै संख्यामा मजदुर नलाग्ने भएकाले कोभिड १९विरुद्ध उनीहरुलाई सचेत बनाएर सावधानीसहित काम भइरहेको बताउँछन् ।

 

‘जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिएरै मार्किङ थालेका हौं,’ उनले भने,’कामदारहरुबीच सामाजिक दूरी कायम राखेर काम हुँदैछ ।’

गाडीको चाप घटेका बेला ढुक्कसँग काम गर्न सक्न भएकाले लकडाउनलाई मौकाका रुपमा सदुपयोग गरिएको नेपालीको भनाइ छ ।

‘विभिन्न स्थानमा मार्किङ गरिसक्यौं,’ उनले भने ।

सडक विभागले निषेधाज्ञा अघिसम्म काठमाडौंका विभिन्न सडकहरुमा कालोपत्रे थालेको थियो । तर, निषेधाज्ञा लागेपछि काम रोकिएको छ । ( साभार :- अनलाइनखबर )

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!