हिपमत डटकम

बुधबार, बैशाख १५, २०७८ || 476  पटक पढिएको

उदयपुरको उदयपुरगढी -७ मा आज बिहान भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने १२ जना घाईते भएका छन् ।

आज बिहान पौने १२ बजेको समयमा उदयपुरगढीबाट गाईघाट तर्फ जाँदै गरेको स १ च ९३९ नम्बरको बलेरो आफै अनियन्त्रीत भई दुर्घटना हुँदा बलेरोमा सवार रहेका १३ जना घाईते भएका थिए ।

घाईतेहरुलाई उपचारको लागी जिल्ला अस्पताल गाईघाट पठाईएकोमा उदयपुरगढी गाउँपालिका-१ का ३७ बर्षीय शिव खत्रीको बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

अन्य घाईतेहरुलाई जिल्ला अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागी बिराटनगर पठाएको उक्त कार्यालयले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!