हिपमत डटकम

सोमबार, बैशाख १३, २०७८ || 577  पटक पढिएको

युनाइटेड अरब ईमिरेट्सको दुबईबाट टुलबक्समा लुकाएर ल्याएको सुन त्रिभुवन विमास्थलमा बरामद गरिएको छ । वायुसेवा निगमको जहाजमा चढेर काठमाडौं आएका प्रदिप प्रसाद न्यौपानेले ल्याएको टुलबक्स जाँच गर्दा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले सुन फेला पारेका थिए ।

भन्सार कार्यालयले दोलखा घर भएका न्यौपानेलाई पक्राउ गरेको छ । फलामको स्क्रुडाइभरभित्र लुकाएको अवस्थामा करिब ६ सय ग्राम सुन भेटिएको छ ।

न्यौपानेले ल्याएको सुन रिसिभ गर्ने तयारीमा रहेका दुईजनालाई विमानस्थल प्रहरीले अपराध महाशाखासँगको समन्वयमा पक्राउ गरेको छ । रामेछाप घर भएका अनिश तामाङ र सन्जिव योन्जनलाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले बताए ।

अनिश र सन्जिवलाई प्रहरीले महाराजगञ्जबाट पक्राउ गरेको हो । उनीहरुलाई पनि त्रिभुवन विमनास्थल भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!