हिपमत डटकम

शुक्रबार, बैशाख ०३, २०७८ || 567  पटक पढिएको

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेका छन्।

शुक्रबार दिउँसो प्रचण्डले ललितपुरको कोन्जोसोम गाउँपालिकाको भवन उद्घाटन गर्न आयोजित सभालाई सम्बोधनका क्रममा प्रधानमन्त्रीले फोन गरेको खुलासा गरेका हुन्।

‘म बस्दै गर्दा प्रधानमन्त्री केपी ओलीको फोन आयो मलाई’, प्रचण्डले भने, ‘धेरै समयपछि।’

उनले आफूले प्रधानमन्त्रीसँगको कुराकानीमा गाउँपालिका जाने बाटो बनाइदिन आग्रह गर्ने बताए। प्रचण्डले त्यसो भन्दा उपस्थितले ताली पिटेका थिए।

सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई साविकको अवस्थामा फर्काइदिएपछि दुई नेताबीच भेटवार्ता भएको छैन। ओलीले प्रचण्डलाई फोन गरेर भेट्न निम्तो दिएका थिए। प्रचण्डले भेट्न अस्वीकार गरिदिएका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!