हिपमत डटकम

सोमबार, चैत्र ३०, २०७७ || 702  पटक पढिएको

काठमाडौंको पेप्सीकोलास्थित एक निर्माणाधीन घरको पानी ट्यांकीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

आइतबार साँझ साढे ५ बजे काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलामा बालिका अन्डरग्राउन्ड पानी ट्यांकीमा डुबेको महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी नायब उपरीक्षक (डिएसपी) दक्ष बस्नेतले जानकारी दिए।

दाङकी ५ वर्षीया रोशिका चौधरीको मृत्यु भएको हो। बालिका डुबेको देखेपछि उनलाई मदरल्यान्ड अस्पतालमा पुर्‍याइएको थियो।

त्यहाँ पुर्‍याउँदा अस्पतालले उनलाई मृत घोषणा गरेको डिएसपी बस्नेतले बताए।

दाङ बस्ने उनीहरू केही समयअघिमात्रै काठमाडौंमा आमाको उपचारका लागि आएका थिए। मृतकका बुवा सो घरमा काम गर्थे। त्यसैक्रममा बालिका पानी ट्यांकीमा डुबेकी हुन्।

बालिकाको शव पोष्टमार्टमको लागि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!