हिपमत डटकम

बुधबार, चैत्र २५, २०७७ || 678  पटक पढिएको

चर्चित गायन रियालिटी द भ्वाइस अफ नेपाल सिजन २ को टप १० मा पुग्न सफल गायक बिशाल राईको पहिलो सांगीतिक कोशेली गीती संग्रह ‘सेन्मी’ बिमोचन गरिएको छ

। कोभिडको बढ्दो कारण र प्रबिधिलाइ सदुपयोग गर्दै नेपाली इतिहासमै पहिलोपटक भर्चवल माध्यमबाट म्युजिक नेपालको स्टुडियोमा शनिबार गीती संग्रह ‘सेन्मी’को बिमोचन गरिएको हो । प्रसिद्ध संगीतकार शुभबहादुर सुनाम ,बरिस्ठ संगीतकार सुरेश अधिकारी , लोकप्रिय गायक एबम म्युजिक नेपालका बिजनेस हेड राजिव लोहनी र गायक बिशाल राईले सयुक्त रुपमा गीती संग्रह ‘सेन्मी’को बिमोचन गर्नु भएको थियो । ५ वटा गीतहरु संग्रहित ‘सेन्मी’ एल्बममा सुरेश अधिकारीको एकल शब्द रचना र सगीत रहेको छ भने महाराज थापाको एरेन्ज रहेको छ ।

नारी , नपिलाउ ,निदै उडेर, तिमि गैगयौ,म त हजुर गीत समाबेश गीतहरूमध्ये ‘नारी’ गीतको म्युजिक भिडियो समेत कार्यक्रममा सार्वजनिक गरिएको थियो । हजारौ दर्शकले कार्यक्रमलाइ म्युजिक नेपालको युट्युब च्यानल मार्फत प्रतक्ष्य हेरेका थिए । सो कार्यक्रममा गायक बिशाल राईले एल्बममा समाबेश गीतहरू लाइभ गाएर दर्शकहरुलाई मनोरन्जन गराएका थिए । गीती संग्रह ‘सेन्मी’लाइ म्युजिक नेपालले बजारमा ल्याएको हो । ‘सेन्मी’ एल्बमका गीतहरू म्युजिक नेपालको युट्युब च्यानल र संसारभर ७० भन्दा बढी डिजिटल प्लेटफर्म मार्फत सुन्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!