मोरङ र तेह्रथुममा भएको आगोलागीबाट २५ लाख भन्दा बढीको क्षेती भएको छ ।
मङगलबार बिहान १० बजे मोरङ पथरी शनिश्चरे १० त्रिबेणी चोक बस्ने भिम बहादुर राईको काठको दुई तले घरमा बिजुली तार सर्ट भई आगोलागी हुँदा अन्दाजी १५ लाख बराबरको धनमाल जली नष्ट भएको छ ।
उक्त आगो दम्कल, प्रहरी र स्थानियबासीको सहयोगमा दिउसो ११ बजे नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । त्यस्तै मंगलबार दिउसो २ बजे तेह्रथुम छथर ५ स्थित डोप्किले देउराली सामुदायिक बनमा लागेको आगो हावाहुरीले उडाइ सोही स्थानका अग्नि नेपालीको घर र गाईगोठमा आगोलागी हुँदा अन्दाजी १० लाख २० हजार बारबरको धनमाल जली नष्ट भएको छ ।
उक्त आगो प्रहरी र स्थानियबासीको सहयोगमा बेलुका ४ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । सो आगोलागीबाट मानबिय तथा चौपाय क्षेती नभएको स्रोतले जनाएको छ ।