हिपमत डटकम

मंगलबार, चैत्र २४, २०७७ || 781  पटक पढिएको

झापा गौरादह नगरपालिका ३ बस्ने भक्त बहादुर बर्देवाको घरबाट जुवा खेलिरहेका ९ जनालाई कौडा र नगद सहित पक्राउ गरिएको छ ।

सोमबार राती साढे १० बजे बिशेष सुचनाको आधारमा प्रहरीले घर धनि बर्देवा सहित गौरादह २ का ३२ बर्षीय निर्मल थापा, गौरादह ३ का ३५ बर्षीय अंकित कार्की, सोही स्थानका ३८ बर्षीय सुरेश भण्डारी, गौरादह ४ का ३६ बर्षीय मोहन खरेल, कनकाई ३ का ४० बर्षीय राम प्रसाद खतिवडा, सोही स्थानका ४२ बर्षीय ईश्वर खतिवडा, कन्काई ७ का ४६ बर्षीय बिष्णु प्रसाद उप्रेती र दमक ७ का ३८ बर्षीय निर बहादुर सुनुवारलाई पक्राउ गरेको हो ।

उनिहरुलाई जुवा खेलीरहेको अवस्थामा १६ थान कौडा, कौडामा प्रयोग हुने पाउडर थान १ र नगद रु ६९,४२०।– सहित पक्राउ गरि अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!