हिपमत डटकम

मंगलबार, चैत्र २४, २०७७ || 775  पटक पढिएको

माइतीमा छोरी रोकेको निहुँमा दैलेखमा ज्वाँईले सासु–ससुरामाथि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन् ।

गए राति नौमूले गाउँपालिका–४ कालिकाको कुइने टोलका ६३ वर्षीय झपिलाल रोका मगर र ५५ वर्षीया लालसरी रोकामगर माथि खुकुरी प्रहार भएको हो ।

घरमा सुतिरहेका सासु–ससुरा माथि खुकुरी प्रहार गरी घाइते बनाएर भाग्दै गरेका नौमूले गाउँपालिका–४ कालिकाको सेलागाउँका २७ वर्षीय अनराम रोका मगरलाई नौमूले गाउँपालिका–५ चिसापानीबाट प्रहरीले पक्राउ गरेको छ ।

सासु–ससुरामाथि खुकुरी प्रहरी गरी भागेर नौमूले बजारतर्फ जाँदै गरेका अनरामलाई सादा पोशाकका प्रहरीले विहान ५ बजे नै पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासत राखेको सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजीत सुनारले बताए । news source :- ratopati

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!