हिपमत डटकम

आइतबार, चैत्र २२, २०७७ || 601  पटक पढिएको

बैंक अफ इंगल्याण्डले हालै ५० पाउण्डको नयाँ नोट जारी गरेको छ । यसमा महान् ब्रिटिश गणितज्ञ एलेन ट्युरिङ्ग (Alan Turing)​ को फोटो छापिएको छ । उनी ती महान् वैज्ञानिक हुन् जसको कोडिङ्गका कारण नै बेलायतले दोस्रो विश्वयुद्धमा जीत हासिल गरेको थियो ।

तर, उनको मृत्यु भने एकदमै विवादित रह्यो । भनिन्छ, उनी समलैङ्गिक थिए र आफ्नो पार्टनरसँग यौन सम्पर्क गरेको आरोप लागेपछि उनले आत्महत्या गरेका थिए ।

एलेन ट्युरिङ्ग बेलायत तथा अमेरिकामा मात्र नभएर भारतमा समेत चर्चित छन् । उनलाई लजालु तथा रसिक किसिमको गणितज्ञ मानिन्थ्यो । साइन्स म्यागजिन नेचरले उनलाई मानव, मेशिन तथा मिलिट्री फिल्डको बेस्ट माइण्ड पनि घोषित गरेको छ ।

हालै, बेलायतले ५० को पाउण्डमा उनको फोटो छापेर सम्मान गरेपनि केही समय अघिसम्म उनी प्रति त्यति राम्रो दृष्टिकोण राखिँदैनथ्यो । बेलायतका पूर्व प्रधानमन्त्री गोर्डन ब्राउनले सन् २००९ मा एलेन ट्युरिङ्गका साथ गलत व्यवहार गरिएको स्वीकार गरेका थिए ।

एलेन ट्युरिङ्गको जन्म २३ जून सन् १९१२ मा लण्डनमा भएको थियो । ४२ वर्षको अल्पायूमा ७ जून, सन् १९५४ नै उनले प्राण त्यागेका थिए । उनले सायनाइड खाएर आत्महत्या गरेका थिए ।

BENEDICT CUMBERBATCH stars in THE IMITATION GAME

उनलाई अश्लीलताको मामिलामा बेलायती कानूनले दोषी ठहर गरेको थियो । अझ उनलाई नपुंसक हुने औषधिसमेत खुवाइएको बताइन्छ । उनी समलिङ्गी थिए । उक्त समयमा समलिङ्गी सम्बन्धलाई बेलायतमा गैरकानूनी मानिन्थ्यो । बेलायती जनता यसलाई पाप सम्झन्थे ।

उनी अल्पायूमै यस संसारबाट बिदा भएका थिए । कम उमेरमा निधन भएपनि उनले जे काम गरेका थिए, त्यसले आज पनि उनलाई जीवित बनाइराखेको छ । उनले आधुनिक कम्प्युटरको आधारशीला राखेका थिए । साथै, ‘आर्टिफिसियल माइण्ड’ तय गर्नुका साथै द्वीतीय विश्वयुद्धको दौरान हिटलर र जर्मनी पनडुब्बीको कोड तोडेर लाखौँ मानिसको जीवन जोगाएका थिए ।

सन् १९३६ मा एलेन ट्युरिङ्गले युनिभर्सल ट्युरिङ्ग मेशिन (Universal Turing Machine) ​ बनाउनका लागि एक पेपर पनि प्रकाशित गरेका थिए । यसलाई आधुनिक कम्प्युटरको मस्तिष्कसमेत मानिन्छ । उनले उक्त समयमा आजको कम्प्युटरको जस्तो काम गर्ने मेशिन बनाउन खोजेका थिए जसले एकपटक आँकडा फिट गरेपछि विभिन्न प्रकारका काम गर्ने अनुमान गरिन्थ्यो । तर, एउटा कानूनका कारण उनको ज्यान गयो ।

द्वीतीय विश्वयुद्धको समयमा एलेन ट्युरिङ्गले कोडलाई डिकोड गरेका थिए । र, यो कुनै महान् काम भन्दा कम थिएन, उक्त समयमा ।

संसारलाई केही समयअघि सम्म पनि थाहा थिएन कि एटलान्टिक महासागरमा तैनाथ जर्मन पनडुब्बीको ‘सेक्रेट मेसेज डिकोड’ गर्ने एलन नै थिए भनेर । यति मात्र होइन गणितज्ञ कोपलेन्डले एलेनमाथि कैयौं किताबसमेत लेखेका छन् ।

उनको महानता यतिमा मात्रै सिमित छैन । एलेन नै पहिलो व्यक्ति हुन् जसले मेशिनको ‘आर्टिफिसियल ब्रेन’ विकास गरेका थिए । जसले मानव मस्तिष्क जस्तो प्रतिक्रिया व्यक्त गर्ने गर्दथे । तर, अफसोसको कुरा यत्रो उपलब्धि हाँसिल गरेका यी महान गणितज्ञको महत्वका बारे उनको मृत्युपछि मात्र जानकारी भयो ।

एलनलाई थ्योरिटिकल कम्प्यूटर साइन्स र आर्टिफिसियल इन्टेलिजेन्सको जनक मानिन्छ।

एलन माथि सन २०१४ मा The Imitation Game​ नामक फिल्म बनेको थियो । साभार :- रातोपाटीबाट 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!