लेटाङ । उत्तरी मोरङको सुन्दर तथा पर्यटकीय नगरपालिका वडा नं. ४ टेलिकम लाईनमा रहेको लोटस एजुकेशन हव प्रालिले विभिन्न स्कुलमा सेमिनार सम्पन्न गरेको छ ।
उक्त संस्थामा जापान, कोरिया, ईजरायल गएर भाषा कक्षा उर्तिण गरि आएका प्रशिक्षकद्धारा कक्षाहरु दिईरहेका छन् भने उनिहरुकै सहभागितामा सेमिनारहरु सम्पन्न भएको हो ।
चैत १२ गते विहिवार श्रीमाबी लेटाङ ९ जाँते र शिक्षा विकास मावि खेरुवा ,चैत १० गते शुक्रवार लक्ष्मी मावि भलुवा श्रीमावी फडानी र १७ गते मंगलवार लक्ष्मी मावी पित्लुम्वा वारंगीमा सेमिनार सम्पन्न गरेको हो ।
सेमिनारमा विद्यार्थीको सहभागिता बाक्लो रहेको थियो । लोटस एजुकेशन हव प्रालीले विद्यार्थीहरुको चौतर्फी विकासका साथै अतिरिक्त क्रियाकलापको ज्ञानमा टेवा पुर्याउने उदेश्यले कम्प्युटर ट्रेनिङ, विभिन्न भाषाका कक्षा, व्रिज कोर्षहरु लगायत अन्य तालिमहरु प्रदान गरिरहेको छ ।
प्रविधि अनुसार तालिम लिएपछि रोजगारीका लागि सहज हुने भएकाले लोटसले हाल द्रुत गतिमा शैक्षिक कार्यक्रमहरु ल्याईरहेको छ ।