मनिस कुमार दास

शुक्रबार, चैत्र १३, २०७७ || 1416  पटक पढिएको

विराटनगर । लागु औषधका प्रयोग कर्ताको संख्या बढिरहेको बेला कानुनका विद्यार्थीहरुले सचेतना अभियान सुरु गरेका छन । शुक्रबार लुक्ला नेपालले कानुनी जनचेतना फैलाउने उद्देश्यले अभियान सुरु गरेको हो । विराटनगर १ को एजेलिया स्कुलका ९,१०, र ११, १२ का कानुनका पढ्ने विद्यार्थीहरुलाइ सचेत गराउने काम गरेको छ ।

स्थानीय विष्णुमायाँ पुस्तकालयको सभाहलमा कार्यक्रमको आयोजनागरेर विद्यार्थीहरुलाई सचेतना कार्यक्रम सुरु गरेको हो । कानुनी जनचेतनाका लागि कानुन संघको प्रतिबद्धता भन्ने मुल नाराका साथ लुक्ला नेपालमा विए एलएलविमा अध्ययान गर्ने ४० विद्यार्थी सदस्य रहनेगरी संस्था गठन गरेका हुन । सो संस्थाका सदस्य मनिस दासका अनुसार टिन एजको उमेर समुहका विद्यार्थीहरुमा लागुऔषधको प्रयोग बढ्ने भएकाले सो अभियान सुरु गरिएको हो ।

कार्यक्रममा सहभागि विद्यार्थीहरुलाई लागू पदार्थ सेवन गर्नुको बेफाईदा यसबाट पर्ने असर , दुर्वेशनिबाट बच्ने उपाय र कानुनी प्रावधान बारे सचेत गराएको अध्यक्ष शिव कुमार यादवले बताए । लुक्लाले कानुनी जनचेतनामुलक कार्यक्रमहरु गर्ने उद्देश्य लिएको छ । कार्यक्रममा बोल्दै प्रदेश न १ का मुख्य न्यायधिवक्ता चुडामणी आचार्यले कानुन थाहा छैन भन्दैमा कोहि पनि सजायबाट उन्मुक्ति पाउन नसकिने बताउनुभयो । आचार्यले लागू औषध नियन्त्रण तथा न्यूनीकरणकालागी कानुन मात्र बनाएर नहुने बताउदै जनचेतनामुलक कार्यक्रमहरु आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा बहुसंख्यक सहभागिहरुले लागुऔषधका कारण दिनहु दुर्घटनाहरु बढिरहेकाले दुव्यासनमा फसेकाहरुलाई सहि मार्गमा ल्याउनसके सभ्य समाज बन्नेमा आशावादी रहेको बताएका छन । कार्यक्रमको प्रमुख अतिथि प्रदेश १ का मुख्य न्याधिवक्ता चुडामणि आचार्य , बिशिष्ठ अतिथि मोरङ प्रहरीका प्रहरी नायव उपरिक्षक मान बहादुर राई, प्रहरी निरीक्षक उद्धब पोखरेल ,नवज्योति पुर्वाञ्चल पुर्नस्थापना केन्द्रको संचालक सुशील रिजाल , एजेलिया स्कुलका प्रधानाध्यापक दिनेश ढुंगाना , प्यारागन एकेडमीका प्रधानाध्यापक दिपक प्रसाद घिमिरे, अधिवक्ता विश्वराम भट्टराई ,अधिवक्ता सन्नी शाहको सहभागिता थियो । कार्यक्रम संस्थाका अध्यक्ष शिवकुमार यादव सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!