हिपमत डटकम

बिहिबार, चैत्र १२, २०७७ || 749  पटक पढिएको

बाजुरा । तामाको तार चोरी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । गौमुल गाउँपालिका-१ पोखरास्थित नेपाल टेलिकमको टावरबाट करिब ५२ किलोग्राम तौल भएको तामाको तार चोरी भएको घटनामा संलग्न रहेको आभियोगमा आछाम, सांफे नगरपालिका–१३ बस्ने ३० वर्षीय सुरेन्द्र बाब्ली र बाजुरा बुढिगंगा नगरपालिका–६ फालसैनस्थित ग्रिल उद्योगमा काम गर्ने भारत पिलिभित मैनाली घर भएका १९ वर्षीय तटसिर रजरनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

त्रिवेणी नगरपालिका–३ स्थित नेपाल टेलिकमको टावरमा रहेको तामाको तार काटीरहेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी मौरेबाट खटिएको प्रहरीले सुरेन्द्र बाब्लीलाई पक्राउ गरेको हो । थप अनुसन्धान गर्ने क्रममा उनले बाजुरा गौमुल गाउँपालिका–१ पोखरास्थित नेपाल टेलिकमको टावरमा रहेको तामाको तार चोरी गरी तटसिर रजरनलाई बिक्री गरेको भनी खुल्न आएपछि तटसिर समेतलाई प्रहरीले पक्राउ गरेको हो ।

साथै तटसिरको डेराबाट चोरी भएको तामाको तार समेत प्रहरीले बरामद गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!