हिपमत डटकम

बुधबार, चैत्र ११, २०७७ || 469  पटक पढिएको

एप्पलको नयाँ स्मार्टफोन आइफोन–१३ यही वर्ष सेप्टेम्बरमा सार्वजनिक हुने ९टु५ म्याकले लेखेको छ।

एप्पलको आपूर्ति श्रंखला विश्लेषण अनुसार कम्पनीले सेप्टेम्बरको अन्तिम साता तिर नयाँ आइफोन सार्वजनिक गर्ने भएकाे हाे।

प्राय एप्पलले आफ्ना नयाँ उपकरणहरु हरेक वर्ष सेप्टेम्बर महिनातिर सार्वजनिक गरिरहेको हुन्छ। तर, गत वर्ष कोरोना महामारीको कारण आपूर्ति अवरोधले एप्पलले आइफोन–१२ का सिरिजहरु अक्टोबरमा निकालेको थियो।

अमेरिकी इन्भेस्टमेन्ट कम्पनीका विश्लेषक डान इभ्सका अनुसार एप्पलले आइफोन–१३ सेप्टेबरमा सार्वजनिक गर्ने योजना बनाएपनि यो मिति अक्टोबरको पहिलो हप्तामा सर्न सक्नेछ।

कम्पनीले हालसम्म आइफोन–१३ को सार्वजनिक मितिबारे कुनै आधिकारिक जानकारी दिएको छैन।

आइफोन–१३ मा थुपै नयाँ फिचरहरु समावेश हुने अनुमान गरिएको छ। रिर्पोटका अनुसार यो नयाँ आइफोनमा सानो नोच, अपडेट भएका क्यामरा र एक टिभीको स्टोरेज हुनेछ।

एप्पलले यो वर्ष दश करोड वटा आइफोन–१३ स्मार्टफोन उत्पादन गर्न सक्ने ९टु५ म्याकले बताएको छ। यो संख्या गत वर्षको आइफोन–१२ उत्पादनभन्दा २५ प्रतिशतले धेरै हो।

विश्लेषकहरुका अनुमान अनुसार यो वर्षपनि आइफोनको माग धेरै बढ्दै जाने छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!