सोमबार, मंसिर ०८, २०७७ || 1031  पटक पढिएको

झापा। झापाको मेचीनगर नगरपालिका(७ बाट नियन्त्रीत लागुऔषध ब्राउसुगर सहित ४ जना पक्राउ परेका छन् । उक्त वडाको सिदार्थ टोलमा एक घर भाडामा नै लिएर लागुऔषध बिक्री बितरण हुने गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आईतवार अपरान्ह ४ बजे लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा लागुऔषध बिक्री बितरण गर्ने सिताराम आङदेम्बे , निजको श्रीमती मनिषा मगर तथा लागुऔषध खरिद गर्ने धरान(५ का २४ बर्षीय कल्याण राई र धरान १६ का २४ बर्षीय रिजन लाकन्द्री रहेका छन् । निजहरुको साथबाट प्रहरीले २८ ग्राम नियन्त्रीत लागुऔषध ब्राउसुगर, नगद १ लाख ३३ हजार रुपैयाँ र मोवायल ३ थान समेत बरामद गरेको छ ।

लागुऔषध सहित पक्राउ परेका चारै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!