रबिन्द्र बराल

शनिबार, कार्तिक ०८, २०७७ || 849  पटक पढिएको

माेरङकाे रंगेली अस्पताल मा रहेका दरवन्दीका चिकित्सकहरु ले अस्पताल परिसर भित्र गैर जिम्मेवार बन्दै गएका छन् । अस्पताल भित्र चिकित्सक हरु ले बिहीबार मध्यरातमा नर्सिङ कुवाटरमा बाहिरी चिकित्सक सहित निजी औषधी व्यापारीलाई राखेर मदिरा खाएर मनोरञ्जन गर्ने गरेको खुल्न आएको छ । बिहीबार रंगेली अस्पतालका दरवन्दीका डा.रोशन झा को जन्मोत्सवमा मदिरा सहितको भोज आयोजना गरी गैर जिम्मेवार कार्य अस्पताल हाता भित्र चिकित्सकहरुले देखाएका हुन् । अस्पताल भित्र मध्यरातमा बाहिरी मान्छेहरूलाई नर्सिङ कुवाटरमा राखेर निषेधीत गतिविधी आयोजना गरेका थिए । साे बिषयमा अस्पताल परिसरमा निषेधित हुनु गलत भएको अस्पताल विकास समितीले जनाएको छ । बिहीबार राति अस्पतालमा सेवा लिन पुगेका स्थानियहरुले डाक्टरहरु मस्ती गरेर गैर जिम्मेवार बनेको भन्दै विरोध गरेपछी अस्पताल अशान्त समेत बनेको थियो । सो क्रममा नर्सिङ कुवाटरमा पार्टि मनाउन पुगेका निजी क्लिनकका डा. अशोक ठाकुर लुकेका थिए भने औषधी व्यापारी उमेश ताजपुरीया लगायत भने अस्पताल परिसर छाडेर भागेको स्थानीय युवा उषन खड्काले बताए । अस्पताल हाता भित्र मदिरा सेवन र सुर्तीजन्य वस्तु सेवन गर्न निषेश हुन्छ तर रंगेली अस्पतालमा भने खुलेआम विभिन्न मनोरन्जनको वहानामा चिकित्सकहरुले नै मदिरा सेवन गर्ने गरेकाेे खड्काले बताए । सो पार्टि मनोरन्जनमा विराट मेडिकल कलेजमा कार्यरत हाडजोर्नीका डा.अजय महतो सहित रंगेली अस्पतालका दरवन्दिका चिकित्सक रहेका थिए । उक्त कुरा शुक्रबार बाहिरिए पछि साे डाक्टर हरु ले आफुहरु असुरक्षित महसुस भएको भन्दै काेराेना काे माहामारीमा डिउटि राेष्टम छाडेर समेत भागेका छन

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!