शनिबार, साउन ३१, २०७७ || 729  पटक पढिएको

झण्डै तीन महिनादेखि काठमाण्डौ महानगरपालिका र केन्द्रीय कारागारछेउ सेनाको राष्ट्रिय सेवा दलमा थुनामा रहेका एकतारे जर्नेल प्रयोगजङ्ग राणामाथिको कोर्ट मार्शल सकिन लागेको छ, पर्सिसम्ममा समरी जनरल सैनिक इजलासले निजबाट बीरेन्द्र सैनिक तालिम केन्द्र,काभ्रेको पाँचखालमा कार्यरत रहँदा दुई करोड आसपासको घोटाला ठहर गर्ने पक्का भएको छ ।

छ फिटे जर्नेलको उपमा पाएका राणाले झण्डै तीन महिनाको हिरासतमुक्त हुन दुई करोड बिगो तिरेपनि जागिरबाट भने हात धुनुपर्ने छ । उच्च स्रोतका अनुसार,उनलाई बिगोबमोजिम असुल गरी भविश्यमा सरकारी सेवाको लागि अयोग्य ठहर नहुने गरी बर्खास्त गरिनेछ ।

उनलाई शुरुमा झण्डै आठ करोड रूपैयाँ घोटालाको आरोप लागेको थियो । तर,अनुसन्धानको क्रममा दुई करोड रूपैयाँ बराबरको मात्र कागजात फेला परेको बताइएको छ । कोर्टमार्शलले अरु एकाधलाई भने सामान्य कारबाही गर्ने छ । सेनाको राशन पानीको हिसाबकिताब गर्ने अन्य अधिकृत तथा तल्लो दर्जाका कर्मचारीलाई सामान्य कारबाहीको सिफारिश गरिएको हो ।

प्रयोगसङ्गै थुनामा रहेका महासेनानी नवीन सिलवाललाई पनि दण्ड सजाय हुँदैछ । उनलाई राणाको तुलनामा कम बिगो ठहर हुने बुझिएको छ । सिलवाललाई एक करोडभन्दा कम ठहर हुने अड्कल गरिएको छ ।

कोर्ट अफ इन्क्वायरीको चिफमा यतिखेर बुटवलबाट सरुवा भएर आएका दुई तारे जर्नेल निरीक्षणाधिकृत (आइजी) सीताराम खड्का छन् । सैन्य भाषामा कोर्टमार्शलको निर्णयलाई समरी जनरल भनिन्छ । यसमा सेनाको कानुन शाखाको समेत प्रतिनिधित्व हुन्छ । आरोपित अधिकृत वा कर्मचारीले पुनरावेदन गरेमा मात्र रक्षा मन्त्रालयको समेत प्रतिनिधि रहने व्यवस्था छ । कोर्ट अफ इन्क्वायरी हुँदै कोर्टमार्शलसम्मको प्रक्रियामा पूर्णतः सेनाको मात्र संलग्नता रहन्छ । आरोपितले चाहेमा डिफेन्स लयरको पनि व्यवस्था रहेको बताइन्छ । तर,त्यस्ता लयरहरू सेनाभित्रैका फुली लगाएका कानुन अधिकृतमध्येबाट खटाउने व्यवस्था छ । राणाले पनि डिफेन्स लयर राखेका थिए ।

कारबाहीमा नपरेको भए राणालाई भावी सेनापतिको रूपमा लिइएको थियो । उनी सेनाभित्रका राणा,शाहहरूमध्ये पनि सबैलाई दिज्यु,मुमा,भिनाजु भन्दै नाता गाँस्न सिपालु जर्नेलको रूपमा परिचित छन् । राणाको पूर्व सेनापति प्रज्वल समशेर र गौरव समशेरसँग निकै नजिकको नाता सम्बन्ध रहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!