शनिबार, साउन २४, २०७७ || 400  पटक पढिएको

बुधबार अपरान्ह बालुवाटारमा कोरोना महामारीको पछिल्लो अवस्था र त्यसको रोकथामबारे विज्ञसँग पूर्वनिर्धारित छलफल कार्यक्रम थियो । त्यसअघि प्रधानमन्त्रीले काँग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी अध्यक्ष महन्थ ठाकुरसँग राम्रै भलाकुसारी गर्नुभएको बताइन्छ । लगत्तै विज्ञहरूसँग छलफल शुरु हुन लागेको खबर आएपछि प्रधानमन्त्रीले उहाँहरूलाई पनि सहभागी हुन आग्रह गर्नुभयो । राजनीतिक छलफलका लागि बालुवाटार पुगेका देउवा र ठाकुर एकाएक स्वास्थ्य विज्ञ सरह कोभिड–१९ सम्बन्धी छलफलमा उपस्थित हुनुभएको हो ।

उता,काँग्रेसीजनले आफ्ना सभापति बेलाबखत बालुवाटार छिरेपनि प्रधानमन्त्रीको लाइनमा भने नरहेको बताएका छन् । उनीहरूका अनुसार ‘देउवाले जसरी पनि नेकपा फुटोस् भन्ने मात्र चाहेका छन् । त्यसको लागि आवश्यकता परेमा अध्यादेश जारी गर्न आवश्यक सहयोग गर्नेछन् । तर, नेकपा फुटेपछि भने सरकारको निरन्तरताको लागि प्रधानमन्त्रीलाई सहयोग नगर्ने योजनामा स्पष्ट छन् ।’ उहाँ बालुवाटारसँग निकट रहेको देखाउन मात्र बेलाबखत प्रधानमन्त्री निवासमा झुल्किने गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!