राम मन्दिर शिलान्यासका लागि भारतको अयोध्यामा भूमि पूजन भएको अवसर पारेर काठमाडौंको पशुपतिनाथ क्षेत्रमा दीपावली गरिएको छ । बुधबार साँझ विश्व हिन्दू परिषद् नेपालले पशुपतिनाथ क्षेत्रस्थित शंकराचार्य मठ अगाडि दीप प्रज्वलन गरेको हो ।
कार्यक्रममा परिषद्का कार्यकर्ता, धार्मिक संघसंस्थाका प्रतिनिधि, बुद्धिजिवि र शुभचिन्तकहरुको उपस्थिती थियो । उनीहरुले हर्षोल्लासपूर्वक दीप प्रज्वलन गरेका थिए । बुधबार काठमाडौंका १५ सहित देशभरका ३ हजार स्थानमा दीप प्रज्वलन गरिएको विश्व हिन्दु परिषद्ले जानकारी दिएको छ ।

पशुपतिमा भएको दीप प्रज्वलनमा सन्त केशवाचर्य जनकपुरधाम जानकी मन्दिरका राम रोशन दास, विश्व हिन्दू परिषद नेपालका उपाध्यक्ष उद्धव घिमिरे, महासचिव जितेन्द्र सिंह, संगठन सचिव प्रल्हाद कुमार, केन्द्रीय सदस्य लिला राज उप्रेती र हिन्दू स्वयंसेवक संघ विचार परिवारका सदस्यहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!