भारतको अयोध्यामा राम मन्दिर निर्माणका लागि भूमिपूजन कार्यक्रम सम्पन्न भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय समयअनुसार १२ बजेर ४४ मिनेट जाँदा राममन्दिरको आधारशीला स्थापित गरेका हुन् । सो अवसरमा उपस्थित मानिसहरुहरुले ताली बजाएर खुसियाली मनाएका थिए । त्यहाँ उपस्थित साधु सन्तले रामको भजन गाएका थिए ।

श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले यस भूमि पूजन कार्यक्रमको आयोजना गरेको हो । अयोध्या जमीन विवादमा सुप्रीम कोर्टले फैसला दिएपछि केन्द्र सरकारले यो ट्रस्ट बनाएको थियो । प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदी पहिलोपटक अयोध्या पुगेका हुन् । २९ वर्षमा प्रधानमन्त्री आयोध्या पुगेको यो पहिलोपटक हो । भूमिपूजनको अवसरमा ट्वीट गर्दै लेखेका छन्, ‘राम प्रेम हुन् । उनी कहिलेपनि घृणामा प्रकट हुन सक्दैनन् ।’ ‘मर्यादा पुरुषोत्तम भगवान राम सर्वोत्तम मानवीय गुणका स्वरुप हुन् । उनी हाम्रो मनको गहिराइमा बसेको मानवताको मूल भावना हुन्,’ उनले लेखेका छन् ।

बीबीसी हिन्दी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!