फ्लू र कोरोना परीक्षणलाई सगसँगै लैजानुपर्छ
नेपालमा लक्षणसहितका कोरोना संक्रमित बढ्न थालेका छन् । हालसम्म फेलापरेका कोरोना संक्रमितमध्ये ९९.७ प्रतिशतमा कुनै लक्षण देखिएको थिएन । तर पछिल्लो समयमा लक्षणसहितका संक्रमित देखापर्न थालेका छन् ।
लक्षणविहीन कोरोना संक्रमितभन्दा लक्षणसहितका संक्रमितबाट अन्य मानिसलाई संक्रमण सर्ने सम्भावना बढी रहन्छ ।
लक्षणसहितका कोरोना संक्रमितले धेरैलाई संक्रमण सार्न सक्ने क्षमता राख्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । उनका अनुसार, लक्षणविहीन कोरोना संक्रमितले अरुलाई सार्ने अवस्था २.२ प्रतिशत रहन्छ भने लक्षणसहितका संक्रमितमा त्यो अवस्था १५.४ प्रतिशत रहने विभिन्न अनुसन्धानमा उल्लेख गरिएको छ ।