विराटनगरको कोशि कोरोना उपचार केन्द्र भद्रगोल भएको छ । उपचार केन्द्रमा भने फोहोरको डंगुर थुप्रँदा सरसफाइमा ध्यान नदिइएको संक्रमितले गुनासो गरेका छन । प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले व्यवस्थापन गरिरको कोसी उपचार केन्द्रमा उपचार गराई रहेको एक संक्रमीतका अनुसार उपचारकेन्द्र प्रवेश गर्दा फोहोर संकलन केन्द्रमा पसेजस्तो भएको छ । विश्व स्वास्थ्य संगठनले संक्रमितको व्यक्तिगत र ‘आइसोलेटेड’ गरिने स्थलको व्यवस्थापनको विषयमा विशेष ख्याल गरिनुपर्ने मापदण्डै तोकेको छ । तर, कोशि उपचार केन्द्रमा फोहोर व्यवस्थापन प्रभावकारी नहुदा उपचार गराउने लाई समस्या भएको छ । संक्रमितले खाना खाएपछि बाँकी रहेको डिस्पोजेबल वस्तुको व्यवस्थापनमा अस्पतालले चासो नदिएको ती संक्रमितको भनाइ छ ।

अस्पतालमा ३८ जना उपचार गराईरहेका छन । ति संक्रमीतका अनुसार अस्पताल भनिए पनि दुर्गन्धले बसिनसक्नुको अवस्था रहेको गुनासो छ । अस्पताल भित्र संक्रमितले खाना खाएपछि बाँकी रहेको डिस्पोजेबल वस्तुको व्यवस्थापनमा अस्पतालले चासो नदिएको ती संक्रमितको भनाइ छ । अस्पतालको शौचालयमा भएको क्षेत्र पानीले भरिएको, सरसफाइ नगरिँदा गन्धले शौच गर्न जानै नसकिने अवस्था रहेको र अस्पतालभित्रै बर्खाको पानीले डुबान हुने गरेको सुनाए । प्रदेश १ सरकारले अस्पताल व्यवस्थापनको लागि करोडौं बजेट खर्च गरिसकेको छ । प्रदेश १ मा ९६६ संक्रमीत भएका थिए । संक्रमीत मध्येबाट ७ सय ४७ जना उपचार गरेर डिस्चार्ज भईसकेका छन ।

 

४० हजार १८ जनाको पीसीआर परीक्षण भएको छ । प्रमुख विपक्षी कांग्रेका प्रमुख सचेतक केदार कार्कीले उपचार गराई रहेको संक्रमितले उठाएका मागहरु संम्बोधन गर्न सरकार संग माग गरे । अस्पतालको व्यवस्थापन र कमजोरीबारे जानकारी लिन सामाजिक विकास समितिलाई बारम्बार आग्रह गर्दासमेत मन्त्रीकै प्रभावका कारण समितिका सभापतिले चासो नदिएको कार्कीले सुनाए । कोसी कोभिड अस्पताल र कोरोना शीर्षकमा भएको खर्चको विषयमा विपक्षी कांग्रेसले प्रदेशसभाको बैठक अवरुद्ध गर्दै हिसाबसमेत मागेको थियो । सदन अवरुद्ध भएपछि आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले सदनसमक्ष खर्च विवरण पेस गरी जवाफ दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!