बिहिबार, साउन ०८, २०७७ || 797  पटक पढिएको

झापाको भद्रपुर नगरपालिका-२ का ३ जना बालक भद्रपुरकै नयाँ सिमसार क्षेत्रमा डुबिरहेको अवस्थामा मृत फेला परेका छन् । बुधवार दिउँसो-२ बजेको समयमा घरबाट खेल्न निस्किएका अनिल तामाङको १० बर्षीय छोरा अंकुश तामाङ, कमला थामीका छोराहरु १४ बर्षीय करण थामी र १२ बर्षीय अर्जुन थामी नयाँ सिमसार क्षेत्रमा मृत फेला परेका हुन् । खेल्न भनी गएका तिनै जना बालक बेलुका सम्म फर्केर नआएकोले खोजतलास गर्ने क्रममा अंकुश तामाङ राती ८ बजे सोही सिमसार क्षेत्रमा मृत फेला परेका थिए भने अन्य २ जना बालक फेला नपरेपछी आफन्तले प्रहरीमा खबर गरे संगै घटनास्थल तर्फ खटिएको प्रहरी टोलीले फेला परेका मृतकको कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी भद्रपुर अस्पताल पठाईको र अन्यको खोजी शुरु गरेको थियो । हराई रहेका अन्य २ जना बालकलाई १ नम्बर प्रदेश विपत व्यवस्थापन गुल्म चन्द्रगढीबाट खटिएको गोताखोर सहितको टोलीले आज बिहान ९ बजे सोही सिमसार क्षेत्रको पानी मुनी मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!