भारतको हिन्दूवादी संगठनका कार्यकर्ताले कथितरुपमा एक नेपाली युवाको कपाल मुन्डन गरेर भारतको समर्थन र नेपालको विरोधमा नारा लगाउन लगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियो भाइरल भएपछि भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले यस विषयमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई यसबारे ध्यानकर्षण गराएका छन् । द ट्रीब्युन इन्डियाका अनुसार राजदूत आचार्यले यस भिडियोको सत्यतथ्य छानविन गर्न माग गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार वराणसीको हिन्दूवादी संस्था विश्व हिन्दू सेनाका अरुण पाठकले यो भिडियो सेयर गरेका हुन् ।