बिहिबार, साउन ०१, २०७७ || 757  पटक पढिएको

खाना खान आफ्नै निवासमा बोलाएकी युवतीलाई बलात्कार गरेको आरोपमा बुधबार सशस्त्र प्रहरीका एसएसपी राजेन्द्र अधिकारी पक्राउ परेका छन् । उनी पोखराको लामापाटनस्थित हुल तथा दंगा व्यवस्थापन शिक्षालयको प्रमुख हुन् । पीडित युवतीले दिएको मौखिक उजुरीका आधारमा अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी डिएसपी सुवास हमालले बताए । चितवन घर भएकी २७ वर्षीया युवतीले दिउँसो करिब ३ बजेतिर शिक्षालय परिसरबाट रुँदै कन्ट्रोल रुममा फोन गरेर एसएसपी अधिकारीले आफूलाई बलात्कार गरेको जानकारी गराएकी थिइन् । त्यसलगत्तै डिएसपी हमालले फोन गरेर ती युवतीसँग थप जानकारी लिएका थिए ।

वडा प्रहरी कार्यालय रामबजारका इन्स्पेक्टरको नेतृत्वमा पठाइएको टोलीले पीडित युवतीलाई शिक्षालय परिसरबाट उद्धार गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याएको थियो । जिल्ला प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठसहितले घटनाबारे युवतीसँग विस्तृत जानकारी लिएपछि अधिकारीलाई पक्राउ गरिएको हो । पक्राउ गर्न एसपी श्रेष्ठ आफैँ शिक्षालय पुगेका थिए । प्रहरीले पीडित युवती र एसएसपी अधिकारीको स्वास्थ्य परीक्षण गरिएको छ ।

पीडित युवतीले प्रहरीलाई दिएको बयानअनुसार खाना खान निम्तो दिएपछि उनी बिहान साढे ९ बजेतिर लामापाटनस्थित शिक्षालयभित्रै रहेको एसएसपी अधिकारीको निवासमा पुगेकी थिइन् । लगत्तै अधिकारीले आफूलाई बलात्कार गरेको उनको भनाइ छ । उनलाई प्रहरीले आफ्नै संरक्षणमा राखेको छ । डिएसपी हमालका अनुसार युवतीले दिएको बयान, घटनास्थलको प्रकृति र प्रारम्भिक अनुसन्धानमा बलात्कार भएजस्तो देखिए पनि पुष्टि भइसकेको छैन । ‘दुवैजनाको स्वास्थ्य जाँचको रिपोर्ट आएपछि र बयान भएपछि मात्रै सत्यतथ्य पत्ता लाग्नेछ,’ उनले भने । एसएसपी अधिकारीको मंगलबार मात्रै प्रधान कार्यालयस्थित कार्य तथा सीमा सुरक्षा विभागमा सरुवा भएको थियो । उनी बिहीबार हेडक्वार्टरमा हाजिर हुन जाने तयारीमा थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!