सिरहामा नयां प्रमुख जिल्ला अधिकारीलाई स्वागत गरेको हो । कारागार ब्यवस्थापन विभाग बाट सरुवा भएर सिरहा जिल्ला आउनु भएका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेललाई स्वागत एवं सम्मान गरेको छ ।
धनुषामा हुदा जिल्ला प्रशासन कार्यालयको भौतिक संरचनादेखि जनंतालाई आवश्यक सेवा उपलब्ध गराई धनुषाबासिको मन जित्न सफल भएका कणेललाई सिरहामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएर आउदा सिरहावासिको पनि मन जित्न सफलता प्राप्त गर्नु हुन्छ भनी बिश्वास जूम नेपालका अध्यक्ष मनोज कुमार साहले व्यक्त गरेका थिए ।
स्वागत कार्यक्रममा जूम नेपाल (धनुषा), निर्माण व्यवसाय संघ सिरहा, ग्रान्ड होटेल मिर्चैयाको संयक्त आयोजनामा कर्जन्हा नगरपालिकाका स्थानिय युवा प्रताप सिंह, दिलिप साह, अनजनी राय, मनोज राय, भरत महतो लगायतका युवाहरुले सिरहा जिल्ला प्रवेश गर्ने बितिकै कर्जन्हा नगरपालिकाको वस्तिपुरमा प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेललाई सामाजिक दुरि कायम गर्दै भव्यताकासाथ स्वागत र सम्मान गरेका छन् ।