सिभिल मलका व्यवसायीले लकडाउनमा व्यापार व्यवसाय हुन नसक्दा भाडा समेत तिर्न नसक्ने भन्दै मल व्यवस्थापनलाई तालाचाबी बुझाउँने भएका छन् । मल सञ्चालकले व्यवसायीलाई ५० प्रतिशत भाडा असार २५ गतेभित्र बुझाउन भनेको थियो । तर सो भाडा तिर्न व्यवसायीहरु सक्षम नभएकाले आफूहरुसँग भएको सम्पति (पसल) नै व्यवस्थापनलार्ई जिम्मा लगाउन लागिएको सिभिल मल व्यवसायी संघका अध्यक्ष रत्न घिमिरेले बताए । यद्यपि सञ्चालकसँग भाडाको विषयमा सहमति गर्न अहिले पनि व्यवसायी छलफलमा छन् । यदि सो विषयमा सहमति नभएमा आजै १ बजे सबै व्यवसायीले सञ्चालकलाई तालाचाबी बुझाउँने घिमिरेको भनाइ छ । घिमिरे भन्छन्, ‘अहिले घरमा के खाने भन्ने भएको बेला यति धेरै रकम बुझाउन सकेनौ र हामीसँग भएको सम्पत्ति यहि पसल हो त्यसकारण पसलनै जिम्मा लगाउन खोजेका हौ । ’ मलमा एक लाख देखि ८ लाखसम्म पसलका भाडा रहेको छ । मलमा १ सय ६० भन्दा बढी पसल छ । २५ गतेसम्म ५० प्रतिशत भाडा नबुझाए २५ प्रतिशत मात्र छुट दिने व्यवस्थापनले भनेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!