बुधबार, आषाढ २४, २०७७ || 710  पटक पढिएको

न्यायिक समिति, अदालत तथा अन्य न्यायिक निकायमा धेरैजसो महिला हिंसाका उजूरी पर्ने गर्छन् । पछिल्लो समय स्थानीय तहका न्यायिक समितिमा श्रीमतीबाट श्रीमान् पीडित बनेका उजूरी पर्न थालेका छन् । चालु आर्थिक वर्षमा दुई पुरुष पीडित भएका उजूरी दर्ता भएको न्यायिक समिति संयोजक माया आचार्यले बताईन । ‘धेरै महिला हिंसाका उजूरीहरु पर्ने गरेका छन्’, उनले भनिन ‘पुरुष पनि हिंसामा परेको उजूरीहरु पर्ने गरेका छन् ।’ उनका अनुसार पुरुषलाई खानलाउन नदिएको, घरबाट निकाला गरेको र रकम हिनामिना गरेको भनी दुई उजूरी परेका छन् । ती उजूरीमा मिलापत्र गर्ने कार्य भइरहेको उनको भनाइ छ । यसले श्रीमतीबाट श्रीमान्हरुसमेत पीडित भएको देखाउने संयोजक आचार्यले बताईन ।

३२ उजूरी मिलापत्र

उपमहानगरपालिकाले न्यायिक समितिले चालु आव २०७६-०७७ मा ३२ उजूरी मिलापत्र गरेको छ । उपप्रमुख आचार्यका अनुसार चालु आवमा परेका ८३ उजूरीमध्ये समितिको इजलास र छलफलबाट ११ विवाद निरुपण, दावी फिर्ता एक, मेलमिलाप आदेश भई प्रक्रियामा गएका १३, विवाद दर्ता भएको तर बन्दाबन्दीका कारण ११ मुद्दा प्रक्रियामा जान सकेको छैन ।

चालु आवमा सबैभन्दा धेरै खानलाउन नदिएका उजूरी दर्ता भएका छन् । उनको अनुसार आमद इज्जतअनुसार खान लाउन नदिएको ÷ मानाचामल ४४, गाली बेइज्जती ६, जग्गा विवाद १०, कुटपिट एक, ज्याला मजदूरी दिलाइपाऊँ ८, ज्येष्ठ नागरिकलाई पालनपोषण र हेरचाह नगरेका दुई , कुलो विवाद आठ, नाबालकलाई खान लाउन नदिएको दुई र प्रदूषण रोकाइपाऊँ भनी दुई उजूरी परेका छन् ।

गत आव २०७५-०७६ मा ११८ र अघिल्लो आव २०७४-०७५ मा ६३ उजूरी दर्ता भएका थिए । ती सबै मुद्दा सोही आवमा नै मिलापत्र गरिएको थियो । अहिले न्यायिक इजलासमा अधिकृतस्तरका कर्मचारी रहेको न्यायिक समितिका सदस्य यमुना परियारले बताईन । अहिले उचित संरचना नहुँदा न्याय प्रवाहमा समस्या हुने गरेको उनको भनाइ थियो

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!