राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको चालु अधिवेशन अन्त्य गरेको घोषणा गरेकी छिन् । उनले आज नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिशमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले आज साँझ ५ बजेदेखि संसद अन्त्य गरेको पत्र संघीय संसदको सचिवालयमा पुगेको छ । संसदका महासचिवलाई लेखिएको पत्रमा नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषदको १८ असार २०७७ को सिफारिशमा अधिवेशन अन्त्य गरेको उल्लेख छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा बहुमत स्थायी कमिटी सदस्यहरुले मागेपछि आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक राखेर अधिवेशन अन्त्य गर्न सिफारिश गर्ने निर्णय आएको हो । प्रधानमन्त्री ओलीले संसद अधिवेशन अन्त्य गरी अध्यादेश ल्याउन खोजेको चर्चा चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!