बुधबार, पौष ०२, २०७६ || 694  पटक पढिएको

 

हिपमत डटकम
बिराटनगर ,पौष २।अमेरिका बसेर आफ्नो बेस्त दैनिकीका वावजुद पनि नेपाली गीत संगीतलाई मनै देखि माया गर्ने नव गायक बाल कृष्ण न्यौपानेले आफ्नो दोस्रो गीत “पहिले कतै” सार्वजनिक गरेका छन । एल्बम “प्रसंशा” भित्र संग्रहित गीत “पहिले कतै” मा स्वर, शब्द र संगीत स्वयम गायक बाल कृष्ण न्यौपानेको रहेको छ । हेर्नुस् भिडियो ।

गीतको संगीत संयोजन फडिन्द्र राईले गरेका हुन् । नेपाली गीत संगीत क्षेत्रमा भर्खरै आफ्नो पाइला टेक्दै गरेका गायक न्यौपाने गीत रचना , संगीत मार्फत निरन्तर अघि बढिरहने बताउछन । प्रेम भावको बोकेको म्युजिक भिडियोमा मोडेल सनम कठायत र नताशा ब्लोन फ़िचर्ड छन ।
मुकेश हुमागाईले खिचेको भिडियोलाई बिनोद बमले सम्पादन गरेका हुन । एवेरेस्ट ग्यालरी क्रुको निर्माणमा भिडियो तयार भएको हो । गायक बाल कृष्ण न्यौपानेको अफ़िसिएल च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको छ । यस गीतबाट गायक न्यौपानेले स्रोता, दर्शक र मिडिया हाउसको सकारात्मक प्रतिक्रिया अपेक्षा राखेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!