प्रदेश नं १ मा कोरोना भाइरसका शङ्कास्पद बिरामीको मङ्गलबारसम्म गरिएको परीक्षणमा ६४१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । थ्रोट स्वाब (पिसिआर) प्रविधिअन्तर्गत ४६ महिलासहित २५१ जनाको परीक्षण गरिएकामध्ये ४० महिलासहित २३९ जनाको रिपोर्ट नेगेटिभ आएको प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलको सूचना डेस्कले जनाएको छ । थ्रोट स्वाब सङकलन गरेकामध्ये १२ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । यसैगरी र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) अन्तर्गत मङ्गलबारसम्म गरिएको परीक्षणमा ४०२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । आरडिटीअन्तर्गत ५६ महिलासहित ४०२ को रगत परीक्षण गरिएको सूचना डेस्कले जनाएको छ । प्रदेशमा रहेको क्वारेन्टाइनमा आजसम्म बस्नेको सङ्ख्या ५३८ जना भएको छ । त्रिपन्न जना घर फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!