हिपमत डटकम

बुधबार, मंसिर ०४, २०८२ || 4123  पटक पढिएको

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले अब पुराना पेट्रोल–डिजेल चल्ने सवारीसाधनलाई विद्युतीय स्वरूपमा रूपान्तरण (conversion) गर्न सरकारले अनुमति दिने व्यवस्था गर्ने बताएका छन्।

उनका अनुसार नेपालमा धेरै वर्षदेखि इन्जिनियर तथा टेक्निसियनहरूले पुराना कार र भ्यानबाट इन्धन इन्जिन हटाएर तिनलाई ब्याट्रीबाट चल्ने वातावरणमैत्री विद्युतीय गाडीमा परिवर्तन गर्ने प्रयास गर्दै आए पनि सरकारी अनुमति नपाउँदा यो काम रोकिएको थियो।

सामाजिक सञ्जालमा लेख्दै मन्त्री पुनले भनेका छन्, “अघिल्लो समय केही स्वार्थी समूहहरूले विभिन्न नियम–कानुनको बहाना बनाएर यस्तो रूपान्तरणको अनुमति दिन्नथे। अब यातायात मन्त्रालयले यसका लागि व्यवस्था मिलाउनेछ।”

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!