हिपमत डटकम

आइतबार, मंसिर ०१, २०८२ || 492  पटक पढिएको

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार दिउँसो ३ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन्। सिंहदरबारस्थित गृह मन्त्रालयमा बस्नेगरी बैठक आह्वान गरिएको गृह मन्त्रालयका प्रवक्ता तथा सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव आनन्द काफ्लेले जानकारी दिए।

फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचन तथा दुर्गा प्रसाईँले आह्वान गरेको आन्दोलनका क्रममा शान्ति–सुरक्षा व्यवस्थाबारे आवश्यक छलफल गर्न बैठक बोलाइएको हो।

बैठकमा गृह मन्त्रालयका सचिव, नेपाली सेनाका बलाधिकृत रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा मन्त्रालयका शान्ति–सुरक्षा महाशाखा प्रमुख सहभागी रहनेछन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!