
काठमाडौँ । नयाँ दल दर्ताका लागि निर्वाचन आयोगले दिएको समय आज सकिँदै छ। आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले आज साँझसम्म नयाँ दल दर्ता गर्न सकिने व्यवस्था गरेको हो।

आयोगमा दर्ता भइसकेका दलहरूले पनि निर्वाचन प्रयोजनका लागि पुनः दल दर्ता गराउनुपर्नेछ। आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान गरिसकेको छ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मङ्सिर १ देखि १० गतेसम्म तथा राष्ट्रिय सभा सदस्यका लागि मङ्सिर १ देखि ७ गतेसम्म दल दर्ता गर्न सकिने उल्लेख छ।
दल दर्ताका लागि निवेदन दिँदा दलसम्बन्धी विवरण, दलको नाम आयोगमा दर्ता मिति लगायत आवश्यक कागजात पेस गर्न आयोगले निर्देश गरेको छ।
आगामी फागुन २० गतेदेखि राष्ट्रिय सभामा एक तिहाइ सिट रिक्त हुँदैछन्। सोही रिक्त सदस्यहरूको पूर्तिका लागि माघ ११ गते निर्वाचन हुन लागेको हो।