
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता भएको छ।

हात्तीवनस्थित प्रचण्डको निवासमा सम्पन्न उक्त भेटमा मुलुकको समसामयिक राजनीति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति र कम्युनिष्ट एकता लगायतका विषयमा विस्तृत छलफल भएको बताइएको छ।
नेता खनालका प्रेस संयोजक कृष्ण भट्टराईका अनुसार, दुबै नेताबीच देशको वर्तमान राजनीतिक गतिशीलता र वाम एकता सम्भावनाबारे विचार–विमर्श केन्द्रित थियो।