हिपमत डटकम

शुक्रबार, कार्तिक २२, २०८२ || 332  पटक पढिएको

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल ले राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग छलफल सुरु गरेका छन्।

शुक्रबार बिहान सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बसेको उक्त बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा, नेकपा (माओवादी केन्द्र) का नारायणकाजी श्रेष्ठ, नेपाली काँग्रेसका आनन्दप्रसाद ढुंगाना, नेकपा (एमाले) का गोपालप्रसाद भट्टराई लगायत सहभागी थिए।

अध्यक्ष दाहालले हाल राष्ट्रिय सभा अन्तर्गतका समितिहरूको बैठकलाई निरन्तर सञ्चालन गर्दै आएका छन्। उनले संसद अधिवेशन आह्वानका लागि सरकार र विभिन्न राजनीतिक दलहरूसँग छलफल गरिरहेका छन् र संसदलाई सुचारु बनाउन पहल गरिरहेका छन्।

संविधानविद्हरूका अनुसार, आगामी प्रतिनिधि सभा निर्वाचनलाई सहज र शान्तिपूर्ण बनाउन निरन्तर संवाद र अनुगमन आवश्यक छ। राष्ट्रिय सभामा दर्ता भएका र विचाराधीन विधेयकहरूलाई अघि बढाउन समितिका बैठकहरू नियमित रूपमा सञ्चालन हुनुपर्ने सुझाव पनि दिइएको छ।

गत भदौ २३ र २४ गते जेन–जी पुस्ताको आन्दोलनपछि संघीय संसदको अधिवेशन अन्त्य भएको थियो। आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संसद भवनमा आगजनी र तोडफोड भएपछि बैठक बस्न समस्या भएको हो। हाल सिंहदरबारस्थित कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको हलमा बैठक सञ्चालन गर्ने तयारी भइरहेको संसद सचिवालयले जनाएको छ।

न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!