काठमाडौँ, असोज ३० – नेकपा (एकीकृत समाजवादी) ले बिहीबारका लागि तय गरेको केन्द्रीय कमिटीको भर्चुअल बैठक स्थगित गरेको छ। बुधबार बसेको स्थायी कमिटीको बैठकले उक्त भर्चुअल बैठक रद्द गर्दै कात्तिक १२ र १३ गते पार्टीको केन्द्रीय कमिटीको फिजिकल (साक्षात्) बैठक आयोजना गर्ने निर्णय गरेको उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए।

समाजवादी मोर्चामा आबद्ध दलहरूसँग एकता सम्बन्धी गृहकार्य चलिरहेको बेला एकीकृत समाजवादीले यो निर्णय लिएको हो। पार्टीभित्र हाल माओवादी केन्द्रसँगको एकतालाई लिएर गम्भीर मतभेद देखिएको छ।

युवापुस्ताबीच पहिलो पुस्ताका नेताहरूले नेतृत्वबाट पन्छिनुपर्ने माग चर्किंदै गएको छ। साथै, पार्टी एकता गर्दा माओवादी केन्द्रसँग होइन, पूर्व एमालेसँग एकता गर्नु उपयुक्त हुने विचार राख्ने नेता तथा कार्यकर्ताहरूको संख्या पनि उल्लेख्य छ।

पार्टीको आसन्न फिजिकल बैठकमा नेतृत्व हस्तान्तरण, भावी गठबन्धन नीति, र एकताको दिशा जस्ता महत्वपूर्ण विषयमा निर्णय हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!