सिन्धुली– कमलामाई नगरपालिका–१ सिम्लेमा हायु समुदाय बसोबास गर्ने बस्ती जोखिमपूर्ण अवस्थामा छ। लगातारको वर्षा र पहिरोले यहाँको जमिन भासिँदै गएपछि बस्ती अस्थिर बनेको छ। शुक्रबार जिल्ला सुरक्षा समितिको टोलीले स्थलगत निरीक्षण गरेको भए पनि प्रभावित परिवारमा उत्साह देखिएको थिएन।

स्थानीय हायु परिवारले बताएअनुसार, यहाँ जमिन भासिँदा बस्ती ढल्किरहेको छ र घर, धानखेत सबै तल झर्दै गएको छ। “पानी पर्न थालेपछि डरले मुटु काम्न थाल्छ, घरको आधा भाग झुकेको छ, जमिन चिरा–चिरा परेको छ,” पूर्णिमाया हायुले भने। यस बस्तीमा गत वर्षदेखि जोखिम बढ्दै आएको छ।

वडा नं १ का अध्यक्ष नरेश गोलेका अनुसार, अघिल्लो वर्षदेखि नै २०० भन्दा बढी व्यक्ति प्रभावित छन्। उनले भने, “जोखिममा बस्न नहुने अवस्था छ, तर सुरक्षित आश्रयस्थलको अभावमा स्थानीयवासी अझै जोखिमपूर्ण बस्तीमा बस्न बाध्य छन्। दीर्घकालीन समाधानका लागि स्थानीय, प्रदेश र संघीय सरकारको सहकार्य आवश्यक छ।”

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले स्थलगत निरीक्षणपछि सम्बन्धित निकायलाई प्रतिवेदन पठाएको र समस्या समाधानका लागि समन्वय भइरहेको बताए। नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले पनि दीर्घकालीन समाधानका लागि नगरपालिका पहल गरिरहेको बताए।

स्थानीय हायु समुदायको जीवन जोखिममा पर्ने क्रममा सरकारले सुरक्षित पुनर्वास र दीर्घकालीन समाधानमा छिटो पहल गर्नुपर्ने स्थानीयको माग छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!