इलाम – भौतिक योजना तथा यातायात मन्त्री कुलमान घिसिङले बाढीपहिरो प्रभावित इलामको स्थलगत निरीक्षण गरेका छन्। उनले प्रभावित क्षेत्रका स्थानीयवासीसँग भेटघाट गर्दै सरकारको प्राथमिकता राहत र दीर्घकालीन पुनर्निर्माण रहेको बताएका छन्।

मन्त्री घिसिङ रोङ गाउँपालिका, सूर्योदय नगरपालिका र इलाम नगरपालिका–१० राजदुवाली हुँदै इलाम, सन्दकपुर, माईजोगमाई लगायतका बस्तीमा पुगेर स्थानीयवासीसँग क्षति र राहत व्यवस्थाबारे जानकारी लिएका छन्। यस क्रममा उनले राजदुवाली सडक, मिल घुम्ती लगायतका क्षतिग्रस्त सडक र संरचनाको अवस्था पनि अवलोकन गरेका छन्।

गत असोज १८ गते रातिको भीषण वर्षापछि इलाममा ठूलो जनधनको क्षति भएको छ। त्यसकारण सरकारले इलामलाई तीन महिनाका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो। बाढी र पहिरोका कारण अहिलेसम्म इलाममा ३९ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!