
कलैया, २४ असोज — नेपाली बजारमा शुक्रबार सुनको मूल्य ह्वात्तै घटेर तोलामा २ लाख ३५ हजार रुपैयाँ कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको मूल्य ४ हजार २ सय रुपैयाँले घटेको हो।
त्यस्तै, चाँदीको मूल्य भने बढेर तोलामा ३ हजार ८५ रुपैयाँ पुगेको छ, जुन बिहीबार ३ हजार २५ रुपैयाँ थियो।